
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन् । गत महिना जनवरी ३० मा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेसँगै उनि आइतबार काठमाडौं आइपुगेका हुन्।
उनलाई त्रिभुवन विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए ।
तीन दशकदेखि भारतीय विदेश सेवामा रहेका क्वात्रासँग यसअघि संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेको अनुभव छ । पूर्व राजदूत मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गरेको हो ।
क्वात्राले यसअघि २००६ देखि २०१० सम्म नेपाल स्थित सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त व्यूरो प्रमुखको रुपमा प्रतिनिधित्व गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्