काठमाडौँ – नवलपरासीको एक सुनचाँदी पसलमा चोरी भएको छ । जिल्लाको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी भएको हो ।
उक्त सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले घटनाको अनुसन्धान भइरहेको बताए ।