×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेलायत सरकारले आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने, टिकट यात्रु स्वयंले काट्नुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बेलायत सरकारले आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने, टिकट यात्रु स्वयंले काट्नुपर्ने

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालमा रहेका बेलायती नागरिकलाई बेलायत सरकारले फिर्ता लैजाने भएको छ । यसका लागि वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् । संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्‍याउने दायित्व सरकारले पूरा गर्ने भन्दै उनले नेपालबाट पनि उपयुक्त समयमा आफ्नो नागरिकलाई घर फिर्ता लैजाने बताइन् ।
बेलायतले निःशुल्क भने आफ्ना नागरिकलाई घर लैजाने छैन । यात्रु स्वयंले टिकट काट्ने गरी उडानको व्यवस्थापन भइरहेको उनको भनाइ छ । काठमाडौं बाहिर रहेका बेलायतीलाई काठमाडौंमा सुरक्षित राख्ने व्यवस्था भएको र आफूले नेपाल सरकार तथा बेलायत सरकारसँग नजिकमा रहेर काम गरिरहेको उनले उल्लेख गरेकी छिन् ।
यद्यपि बेलायतले कहिले आफ्नो नागरिकलाई लैजाँदैछ भन्ने बारेमा भने उनले स्पष्ट पारिनन् । पछिल्लो समय लकडाउन अवधि लम्बिएसँगै विभिन्न मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी