×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको उदाहरणीय काम ! कोरोना रोकथामका लागि १ करोड सहयोग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

नेपाल बैंकको उदाहरणीय काम ! कोरोना रोकथामका लागि १ करोड सहयोग !

Artha Sarokar

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई समर्थन गर्दै नेपाल बैंकले रु. १ करोड सहयोग गर्ने भएको छ । नेपाल बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी रु. १ करोड रकम प्रदान गर्ने निर्णय गरेको हो । 
बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सृजना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सहयोग गर्ने निर्णय भएको प्रष्ट्याएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी