
काठमाडौं – आइतबारबाट सेयर बजार बन्द हुने भएको छ । नेपालमा समेत कोरोना भाइरसको त्रास बढेसँगै नेपाल धितोपत्र बोर्डले आइतबारबाट सेयर बजार बन्द गर्ने जनाएको हो ।
लगानीकर्ताका ५ वटै संगठन, ब्रोकर एसोसिएसन तथा नेप्सेसमेत सम्मिलित बिहीबारको छलफलबाट उक्त निर्णय गरिएको हो । लगानीकर्ताहरुले सेयर कारोबार बन्द गर्न आग्रह गरेसँगै आइतबारबाट एक हप्ताको लागि सेयर कारोबार बन्द गरिने भएको हो ।
बोर्डलाई एक हप्तासम्म मात्र कारोबार रोक्ने अधिकार रहेको हुनाले एक हप्तापश्चात अर्थमन्त्रालयको स्वीकृति लिएर चैत्र मसान्तसम्मका लागि कारोबार रोक्ने आधिकारिक निर्णय गरिनेछ । यस्तै ५ जनाभन्दा बढीलाई ब्रोकर कार्यालयमा एकसाथ प्रवेश गर्न नदिने र अनिवार्य रूपमा मास्क लगाएर मात्र जानुपर्ने लगायतका व्यवस्था समेत गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्