
काठमाडौं । नेपाल ग्याँसले अति समस्यामा परेका ग्राहकलाई उपत्यकाका विभिन्न स्थानबाट ग्याँस बिक्री गर्ने भएको छ । बालाजु औद्योगिक क्षेत्रको गेटबाट ग्याँस बिक्री गर्दै आएको कम्पनीले उपत्यकाको विभिन्न स्थानमा मिति तोकेरनै ग्याँस बेच्न लागेको हो ।
कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताले खाना पकाउनै नपाएको अवस्थालाई ध्यानमा राखेर ग्याँस बिक्री गर्न लागेको जानकारी दिए । हामीले डिलरमार्फत पनि ग्यास पठाइरहेका छौं । तर उपभोक्ताले ग्याँस नपाएको भन्दै उद्योग परिसर बालाजुमै आउन थालेपछि वैकल्पिक व्यवस्थाको रुपमा उपत्यकाको विभिन्न स्थानमा ग्याँस बिक्री गर्न लागेका हौं।
उनका अनुसार चावहिल चोक र वाफल चोकमा बुधबार गते ग्याँस बिक्री गरिनेछ । सुरक्षाकर्मीको समन्वयमा त्यो क्षेत्रमा ५ सय ६० सिलिण्डर ग्याँस बिक्री गरिने उनले बताए । कोटेश्वर र वानियाँटार चोकमा विहिबार ग्याँस बिक्री गरिने भण्डारीले बताए ।
भनिमण्डल चोक र महाराजगंज चोकमा शुक्रबार ग्याँस बिक्री गरिने उनले बताए । उनले सबै क्षेत्रमा ५ सय ६० ग्याँस बिक्री हुने बताउँदै सुरक्षाकर्मीले त्यति मात्रै लाइनमा राख्ने बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्