काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अवधि पुगेका बीमालेखको दावी भुक्तानी गर्न सकिने गरि थप दुई वटा अनलाइन सेवाको सुरुवात गरेको छ । कोरोना भाइरस रोकथामको लागि सरकारले लकडाउनको निर्णय लम्ब्याएसँगै कम्पनीले थप दुई वटा अनलाइन सेवाको सुरुवात गरेको हो ।
रिटी क्लेम मार्फत बीमितले आफ्नो बीमा लेख कहिले समाप्त हुँदैछ भन्ने जानकारी पाउने र त्यसै अनुसार दावी भुक्तानीको प्रक्रिया अघि बढाउन सक्ने छन्। क्लेम इन्टिमेसन अन्तर्गत बीमितले घरमै बसेर दावी भुक्तानीको सूचना कम्पनीलाई दिन सक्ने छन्। त्यसै सूचना अनुसार कम्पनीले दावी भुक्तानी प्रक्रियाको लागि कर्मचारी तोक्ने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना सेवाग्राहीहरुको लागि अवधि पुगेको दावी भुक्तानी (म्याचुरिटी क्लेम) र अन्य दावी भुक्तानी (क्लेम इन्टिमेसन) सेवाको लागि अनलाइन सेवा सुरु गरेको कम्पनी द्वारा जारि विज्ञप्तीमा उल्लेख छ । अहिलेको अवस्था बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आफ्ना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने विज्ञप्तीमा उल्लेख छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्