×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन उल्लङ्घन गर्नेलाई च्याप्प समात्ने ‘गज्जब’को मिसन प्रयोगमा !

LAXMI SUNRISE BANK

लकडाउन उल्लङ्घन गर्नेलाई च्याप्प समात्ने ‘गज्जब’को मिसन प्रयोगमा !

१४ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौ । प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई समात्ने मेसिन प्रयोगमा ल्याएको छ । लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो । लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई धमाधम पक्राउ गरिरहेको छ । हातै हालेर पक्रिँदा कोरोना संक्रमण सर्ने जोखिम भएपछि प्रहरीले मानिस पक्राउ गर्ने मेसिन ल्याएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य दुरी कायम गर्नुपर्छ। यस्तोमा हातै हालेर मानिस पक्रिँदा प्रहरी पनि संक्रमित हुने जोखिम थियो । यस्तोमा निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ । प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थु्क वा र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम उस्तै हुन्छ । यस्तोमा लकडाउनमा सडकमा निस्कने मानिसलाई पक्राउ गर्न मेसिन ल्याएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो । 
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए । सडकमा निस्किएकालाई अहिले परिसरको टोलीले दुईवटा समूह बनाएर पक्राउ गरिरहेको छ । यो मेसिनको प्रयोग गरेर ५० भन्दा धेरैलाई पक्राउ गरिएको बोगटीले बताए । मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सडकमा निस्किएकाला दूरी कायम गरेर समात्न ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’प्रभावकारी भएको बोगटीले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी