×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल हुने

Artha Sarokar

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । उक्त ट्रेजरी बिल निष्काशन गर्न बिहीबार (आज) अपराह्न ३ बजे बोलकबोल हुने भएको छ । मंगलबार जारी हुने यस ट्रेजरी बिल २०७७ साल जेठ २७ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । 
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी