काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ चैत ४ गतेदेखि आउने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा उक्त आइपीओ जारी गर्न लागेको हो । जारी हुने आइपिओमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुलाई, ८ लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि र बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आइपीओ भर्ने म्याद चैत ७ गते हुनेछ। यदि तोकेको समयभित्र आवश्यक अनुसार आइपिओमा आवेदन परेन भने ढिलोमा चैत १८ गतेसम्म भर्न सकिनेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ ।
कम्पनीको बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडले गर्ने भएको छ । सेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्