×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्तासम्म पाइन्छ भर्न ?

GLOBAL IME BANK

नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्तासम्म पाइन्छ भर्न ?

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीको १ करोड ६० लाख कित्ता आइपीओमा भर्ने आज  (शुक्रबार, चैत ७ गते)  अन्तिम दिन रहेको छ ।  यस अनुसार, शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङबाट प्राप्त जानकारी अनुसार उक्त आइपिओमा शुक्रबार बिहान १० बजेसम्ममा यस आइपीओमा ४ करोड ४४ लाख ९६ हजार ४८० कित्ताका लागि आवेदन परेको छ । यो माग भन्दा २.९४ गुणा धेरै आवेदन हो । यसमा ३ लाख ३४ हजार ३९८ जनाले आवेदन दिइसकेका छन् । 
कम्पनीले मंगलबार चैत ४ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले जसरी गरेको आइपिओमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीहरुको लागि, ५% ले हुन आउने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्तामा मात्र सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आरबीबी मर्चेन्ट बैकिंङ लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: