काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ। मंगलबार बजार खुल्ला भएको समयदेखि बजारमा व्यापक उतारचढाव भएसँगै नेप्से परिसूचक १४.३७ अंकले बढेर १५०९.६७ बिन्दुमा पुगेर बन्द भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८१ कम्पनीको ८२ लाख ११ हजार २ सय ८९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ४० करोड ५५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र एनआइसी एसिया बैंकको भएको छ ।
यता, बिहिबार व्यापार, माइक्रोफाइनान्स र अन्य उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै मन्जुश्री फाइनान्स र नेपाल हाइड्एरो डेभलपरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै स्वदेशी लघुवित्त र एनएमबी माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
बजारमा व्यापक उतारचढाव भएपछि लगानीकर्ता भने अझै कन्फ्युजनमा छन्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्