×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेञ्ज २ दिनको लागि बन्द, कारोबार मंगलबारदेखि खुल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल स्टक एक्सचेञ्ज २ दिनको लागि बन्द, कारोबार मंगलबारदेखि खुल्ने

Artha Sarokar

२५ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दिनको लागि बन्द हुने भएको छ । आइतबार र सोमबार दुवै दिन सरकारी बिदा परेकाले कारोबार बन्द हुने नेप्सेले जनाएको छ । 
आइतबार ११० औं अन्तर्राष्ट्रिय नारी दिवस परेको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । 
सोमबार रंगको पर्व होली परेको छ । होलीको लागि सरकारले उपत्यकासहित पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा दिएको छ । योसँगै नेप्सेको कारोबार मंगलबारदेखि मात्रै बजार खुल्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी