×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार अनिश्चित कालका लागि बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजार अनिश्चित कालका लागि बन्द !

Artha Sarokar

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजार अनिश्चित कालका लागि बन्द गरेको छ । नेप्सेको सोमबार सञ्चालक समितिको अनलाइनमार्फत बैठक बसेर अनिश्चित कालका लागि बन्द गरिएको बताइएको छ । कोरोना भाइरस (कोभिड-१९ ) महामारीका रुपमा फैलिएपछि सरकारले चैत्र ११ गतेदेखि देश लकडाउन गरेसंगै नेप्सेले पनि सेयर बजार अर्थात कारोबार बन्द गरेको थियो । नेपालमा पनि कोरोना भाइरस संक्रमणको संख्या बढेपछि सरकारले पुन: ७ दिन लकडाउनको अवधि थप गरेको छ । सोही अनुसार नेप्सेले सेयर कारोबार पनि अनिश्चित कालका लागि बन्द गरेको छ । 
            
यसो त नेपालमा पनि कोरोना सक्रमणको संख्या ५ पुगिसकेको छ । जसमा १ जना निको भईसकेकका छन् ।सक्रमणको संख्यामा वृद्धि हुँदा सरकारले लकडाउनको थप गर्नसक्ने देखिन्छ । यसरी सरकारले अवधि थप गरेमा नेप्सेले स्वत: सेयर बजार बन्द गर्नुपर्ने हुन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी