
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई विल भुक्तानीमा सहज बनाएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नेपाल टेलिकमले पनि आफ्ना ग्राहकलाई विल भुक्तानीमा सहज बनाएको छ ।
नेपाल टेलिकमका अनुसार पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने निर्णय भएको हो । साथै कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्