काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाको रिचार्जमा शत प्रतिशत बोनस दिने भएको छ । सरकारी स्वामित्वमा रहेको टेलिकमले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सेवाग्राहीहरुलाई बोनस दिने भएको हो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार प्रयोगकर्तालाई १० रुपैयाँमाथिको रिचार्जमा रिचार्ज रकम बराबरकै बोनस सेवा दिइनेछ । उनले भने, ‘हामीले हाम्रा ग्राहकलाई रिचार्ज बराबरकै बोनस दिने भनेर निर्णय गरिसकेका छौँ । सिस्टममा लोड गर्न केही समय लाग्ने भएकाले बुधबार रातीदेखि प्रयोगकर्ताले बोनस पाउनेछन् ।’
कोरोना भाइरस संक्रमण रोक्न उपभोक्ताहरु आआफ्नो घरमा बस्न थालेपछि राहतको रुपमा बोनस दिन नियामकले दूरसञ्चार सेवाप्रदायकलाई मंगलबार मात्र निर्देशन दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्