×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाहा पाउनुभयो ? सबैको मोबाइलमा नेपाल टेलिकमले राखिदियो कोरोनासम्बन्धी चेतनामुलक ‘रिङटोन’…!

PRIME CA

थाहा पाउनुभयो ? सबैको मोबाइलमा नेपाल टेलिकमले राखिदियो कोरोनासम्बन्धी चेतनामुलक ‘रिङटोन’…!

६ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेपाल टेलिकमले सबैको मोबाइलमा कोरोना सम्बन्धी चेतनामुलक रिङटोन राखिएको छ । टेलिकमले ‘लत सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरसबारे जानकारीमूलक रिङटोन राखिएको हो। नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना बढाउने गरि विभिन्न नयाँ सेवाहरु सुरु गरेको छ ।
कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको छ । फोन गर्ने प्रयोगकर्ताले अर्को तर्फ फोन नउठ्दासम्म कोरानाबाट बच्ने उपाएको बारेमा थाहाँ पाउने छन् । कोरोनाबारे एकैपटक आम रुपमास चेतना सन्देश फैलाउन सहयोग पुर्‍याउने उदेश्यका साथ एसको सुरुवात गरिएको कम्पनीले जनाएको छ । 
नम्बरमा कल गरेपश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । साथै यस सम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत यहीबाट थाहा पाउन सकिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: