
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ। बिहीबारको तुलनामा नेप्से परिसूचक ६४.१४ अंकले घटेर १३१३.०४ बिन्दुमा आइपुगेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७४ कम्पनीको ५५ लाख ७० हजार ३० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १० करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १७ करोड ३६ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआईसी एसिया बैंक र एनएमबि बैंकको भएको छ ।
बुधबार सबै उपसुचकहरुमा गिरावट आएको छ । सबैभन्दा युनाइटेड मोदी हाइड्रोपावर, सिन्दू विकास बैंकका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सामुदायिक लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् । यता आजदेखि सेयर कारोबार ५ घण्टा खुलेको थियो। तर बजारको समयावधि थप भएको सुरुको दिननै नेप्से परिसूचकमा भारी गिरावट आएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्