
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतबारदेखि परिक्षणका लागि भन्दै सेयर कारोबार समयावधी थप गरिएको जानकारी गराएको हो। नेप्से सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चैत २ गते आइतबारदेखि कारोबार समय थप्ने निर्णय गरेको हो । जसबाट सेयर कारोबार रकममा थप वृद्धि हुने बताइएको छ।