
काठमाडौँ – सेयर बजारमा पुनः दोश्रो सर्किट लागेको छ । मंगलबार पहिलो सर्किट लागेर २० मिनेटका लागि स्थगित भएको कारोबार पुनः सुरु भएको ११ मिनेटमै नेप्से परिसूचकमा ५.०२ प्रतिशतको गिरावट आएपछि पुनः दोश्रो सर्किट लागेको हो ।
नेप्सेमा दोश्रो सर्किट लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । ४० मिनेटपछि खुल्ने सेयर बजारमा ६ प्रतिशतले घटेमा आज दिनभरको कारोबार गर्न पाइनेछैन। अर्थात कारोबार स्थगित हुनेछ।
मंगलबारको कारोबारमा दोस्रो सर्किट लाग्दासम्म सबै समूहका उपसूचकहरु राताम्य देखिएका छन्। दोस्रो सर्किट लागेसँगै नेप्से ७२.०३ अंकले घटेर १३६३।६६ को विन्दूमा कायम भएको छ। कारोबार रकम भने ९१ करोड ८० लाख बढी रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्