×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १८.२० अंकले घट्यो बजार, १९ करोड ४६ लाखमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आइतबार १८.२० अंकले घट्यो बजार, १९ करोड ४६ लाखमाथिको कारोबार

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १८.२० अंकले घटेर १२५१.४५ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय २३ कम्पनीको ४ लाख ८० हजार ५ सय २७ कित्ता सेयर खरिद बिक्री हुँदा १९ करोड ४६ लाखमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल २ करोड ८१ लाखमाथिको कारोबार भएको छ । त्यसपछि सबैभन्दा बढी कारोबार एनएमबि बैंक र हिमालयन डिष्टिलरी  भएको छ ।
यता, आइतबार होटल्स, निर्जीवन बीमा र अन्य उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त र अपि पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गुहेश्वरी मार्चेंत बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी