
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ५.५० अंकले घटेर १४४१.२० बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७९ कम्पनीको ५९ लाख ४० हजार ५ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल ३७ करोड ८७ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र एनआईसी एसिया बैंकको भएको छ ।
यता, बिहिबार विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र अन्य उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै मन्जुश्री फाइनान्स र राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्