×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.३५ अंकले बढ्यो बजार, कारोबार १ अर्ब ६१ करोडमाथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार ३.३५ अंकले बढ्यो बजार, कारोबार १ अर्ब ६१ करोडमाथि

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ३.३५ अंकले बढेर १३१६.३९ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ८० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६१ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १५ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनआईसी एसिया बैंक र एनएमबि बैंकको भएको छ ।
यता, सोमबार होटल, म्यानुफ्याक्चर एण्ड प्रोडक्सन र म्युचुअल फण्ड उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सिभिल लघुबित्त र जनउत्थान सामुदायिक लघुबित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनिलिभर नेपाल र नेपाल सेवा लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी