×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा पहिरो, ४४.३३ अंकले घटेर पुग्यो १२७२.०६ बिन्दुमा

GLOBAL IME BANK

सेयर बजारमा पहिरो, ४४.३३ अंकले घटेर पुग्यो १२७२.०६ बिन्दुमा

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको तेस्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ४४.३३ अंकले घटेर १२७२.०६ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको कुल १५ करोड ४० लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : एनएमबि बैंक र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ ।
यता, मंगलबार म्युचुअल फण्ड उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै सिद्धार्थ इन्स्योरेन्स र नेपाल सेवा लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: