काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर र महिला सहयात्राको १० प्रतिशत बोनस सेयरमा मूल्य सामायोजन भएको हो ।
नेपाल इन्स्योरेन्सको मूल्य समायोजनपछिको भाउ प्रतिकित्ता ३ सय ९६ दशमलव १९ रुपैयाँ तोकिएको छ भने महिला सहयात्राको ६ सय ८२ रुपैयाँ ७३ पैसा तोकिएको छ । यस संस्थाको मंगलबार (चैत ४ गते) सोहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुला भएको थियो । नेपाल इन्स्योरेन्सको पनि सोहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।
महिला सहयात्राको चैत २२ गते हुने साधारण सभाका लागि मंगलबार (चैत ४ गते) बुक क्लोज गर्दैछ । चैत ३ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । साधारण सभा, ओम अध्याय रिट्रिट रिर्सोट, बज्रबाराही, मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
इन्स्योरेन्सले चैत २१ गते बस्ने ७१औं वार्षिक साधारण सभाको लागि आज मंगलबार (चैत ४ गते) देखि बुक क्लोज गरेको हो । चैत ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । सभा एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्