×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा समय बढाइएकोबारे यसो भन्छन् नेप्से प्रमुख, `आवश्यक परे फेरि परिमार्जन हुन्छ´(भिडियो रिपोर्ट)

PRIME CA

नेप्सेमा समय बढाइएकोबारे यसो भन्छन् नेप्से प्रमुख, `आवश्यक परे फेरि परिमार्जन हुन्छ´(भिडियो रिपोर्ट)

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि सेयर कारोबारको समय एक घण्टा थप गरेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको हो । 

नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोबार समय परिक्षणको रुपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताउनुभयो । उहाँँले सेयर कारोबारका लागि लगानीकर्ताले समय कम भएको गुनासो गरेको र अन्तर्राष्ट्रिय पूँजी बजारकोे समय बढी हुनेगरेको अवस्थामा नेपालमा पनि लगानीकर्ताको हितमा हुने गरी नेपाल धितोपत्र वोेर्डको निर्देशन अनुसार कारोबारको समय थप गरेको बताउनुभयोे ।
महाप्रवन्धक साउदले नेप्सेको कारोबार समय बढ्दा बजारमा सकारात्मक फाइदा पुग्ने दावी समेत गर्नुभयो । उहाँले समय बढाउँदा कारोबार रकम अझ बढ्न सक्ने अपेक्षा गरिएको बताउनुभयो । तर कारोबार समय थप हुँदा बजारमा इण्डेक्स बढ्छ या घट्छ भन्ने प्रतिकृया दिन नहुने र कसैले दिए विश्वास नगर्न समेत आग्रह गर्नुभयो।
नेप्सेले कारोबार समय थप गरेसँगै तीन भागमा वर्गीकरण हुनेगरी कारोबारको समय निर्धारण गरेको छ । जस अनुसार प्रारम्भिक कारोबार समय १० बजेर ३० मिनेट देखि ११ बजे सम्म, बोलकबोल तथा निरन्तर कारोबार समय १ घण्टा बढाएर ११ बजे देखि ४ बजे सम्म र अन्तिम कारोबार ४ बजेर ५ मिनेट सम्म कायम गरेको हो । महाप्रवन्धक साउदले कारोबार समय थप गर्दा नेप्सेमा प्राविधिक रुपमा कुनै समस्या नरहेको समेत बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: