काठमाडौं । कानूनविपरीत कुनै पनि गतिविधि नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई समाज कल्याण परिषदले निर्देशन दिएको छ । विना दर्ता एनजीओ र आईएनजीओ सञ्चालन गर्ने, श्रमस्वीकृति नगरेका विदेशीलाई काममा लगाउने तथा कार्यक्रम स्वीकृतलगायतका मापदण्ड पालना नगर्ने प्रवृत्ति बढिरहेका बेला परिषदले प्रचलित कानूनको अधीनमा रही गतिविधि गर्न निर्देशन दिएको हो । सञ्चालन गरिएका कार्यक्रमको लेखापरीक्षण प्रतिवेदन, भौतिक सम्पत्तिलगायतका विवरण पेस गर्न पनि परिषद्ले भनेको छ । त्यस्तै ३ आर्थिक वर्षको सम्पादित कार्य विवरण एक महिनाभित्र पेस गर्न पनि परिषदले एनजीओ/आईएनजीओलाई अनुरोध गरेको छ ।
श्रमस्वीकृति दिएर मात्रै विदेशीलाई काममा लगाउन पाउने
नेपालमा सञ्चालित एनजीओ र आईएनजीओमा विदेशीसमेत आबद्ध हुने गरेका छन् । एनजीओ र आईएनजीओमा कार्यरत त्यस्ता विदेशीले श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ । तर, धेरैजसो विदेशीले विना श्रमस्वीकृति काम गर्ने गरेको पाइएकोले श्रमस्वीकृति लिएर मात्र काम गर्न परिषदले निर्देशन दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्