×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री हुँदै, फारम भर्न कहाँ जाने ?

GLOBAL IME BANK

नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री हुँदै, फारम भर्न कहाँ जाने ?

१९ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री हुने भएको छ । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले कोष र इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । 
बैंकले नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । यसको न्यूनतम मूल्य २ हजार रुपैयाँ मूल्य तोकिएको छ । लगानीकर्ताले न्यूनतम २ हजार रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । 
यता, बैंकले सूर्या लाइफ इन्सुरेन्सको पनि ४१ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ । यसमा न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम २७५ रुपैयाँ वा यस भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
यो दुवै कम्पनीको सेयर फागुन (आज सोमबार) १९ देखि फागुन २९ गतेसम्ममा  बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  दुवै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादीमा पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: