Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकद्वारा श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख आर्थिक सहयोग

अर्थ सरोकार

nic asia bank

काठमाडौं – एनआईसी एशिया बैंकले सिन्धुलीको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि विद्यालयलाई आर्थिक सहयोग गरेको हो । 
मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK