काठमाडौँ – एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले ४७ लाख ५५ हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । संस्थाले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । संस्थाले प्रति कित्ता १०० रुपैयाँ दरले ४७ करोड ५५ लाख बराबरको आइपीओ जारी गर्ने अनुमति पाएको हो ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल गर्नेछ । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यस कम्पनीको हालको चुक्ता पुँजी १ अर्व ४५ लाख रुपैयाँ रहेको छ ।