×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना सार्वजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआईसी एशिया बैंकको ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना सार्वजनिक

Artha Sarokar

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया बैंकले ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहक तथा मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एण्ड पे त्यति धेरै पैसा’ योजना अन्तर्गत नगद उपहारको अफर ल्याएको हो । 
यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रुपियाँसम्म र ग्राहक महानुभावहरूले १५ सय रुपियाँसम्म नगद प्राप्त गर्न सकिनेछ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । 
यो योजना अन्तर्गत ग्राहक महानुभावहरू तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकको प्रमुख सर्त रहेको छ । बैंकले डिजिटल भुक्तानी सम्बन्धी अन्य थुप्रै योजनाहरू ल्याउदै आएको छ भने आगामी दिनहरूमा समेत यस्तै प्रकारका योजनाहरूलाई निरन्तरता दिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी