
काठमाडाैँ । रूपन्देहीको कोरोना विशेष अस्पतालमा उपचाररत एक बिरामीको आइतवार मृत्यु भएको भएसँगै उनका बारेमा तीब्र खोजी सुरु भएको छ । रूपन्देहीको सैनामैना– ४ का ३४ वर्ष पुरुषको मृत्यु भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पुष्टी गरेका छन् भने उनी उच्च ज्वरोका कारण बितेकोसमेत पुष्टी भएको छ ।
दुवईबाट गत चैत ७ गते नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए भने उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी दुवईमा ट्याक्सी ड्राइभरका रुपमा काम गर्दै आएको पनि खुलेको छ ।
कोभिड १९ को आशंका गरिएका र त्यस्तै लक्षण देखिएका बिरामीको उपचारका उनी अस्पतालमा भर्ना भएका थिए । उनको मृत्युको कारण कोरोना थियो वा अरु केहि भन्ने आधिकारिक जानकारी आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्