×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजारमा पेट्रेलियम पदार्थको अभाव छैन’ : आयल निगम

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘बजारमा पेट्रेलियम पदार्थको अभाव छैन’ : आयल निगम

Artha Sarokar

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल आयल निगमले बजारमा पेट्रेलियम पदार्थको अभाव नरहेको बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेकाबेला भारतबाट आयात बन्द हुने आशंकामा बजारमा माग बढेको भएपनि आपूर्तिमा कुनै समस्या नरहेको आयल निगमले बताएको हो । निगमका प्रवन्ध निर्देशक सुशिल कुमार पौडेलले मंगलबार काठमाडौंमा आयोजित एक साक्षत्कारमा बोल्दै पेट्रोलियम पदार्थको माग अत्याधिक बढेको तर आयात र वितरणमा कुनै समस्या नरहेको बताउनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले पेट्रोलियम पदार्थको वितगरमा निरन्तर अनुगमन भइरहेको बताउनुभयो । उहाँले ग्यासको वितरण प्रणालीमा भने केही समस्या देखिएकाले बजारमा अभाव देखिएको बताउनुभयो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले बजारमा पेट्रोलियम पदार्थको ढुवानीमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले ७ वटै नाकाबाट पेट्रोल आयात भइरहेको र निगमले उपलब्ध गराए अनुसार पेट्रोलियम पदार्थ बजारमा पु¥याउन कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले अहिले सम्म ग्यास आपूर्तिमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले दैनिक रुपमा १ लाख सिलिण्डर विक्री वितरण भइरहेको बताउनुभयो ।
कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँग पछिल्लो समय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । तर आयल निगम र सम्बद्ध व्यवसायीहरुले भने बजारमा कुनै कृतिम अभाव नभई माग बढेकाले समस्या देखिएको दावी गरेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी