![](https://arthasarokar.com/wp-content/uploads/2020/03/2-91.gif)
काठमाडौँ – सरकारले धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेलामा प्रतिवन्ध लगाएको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले २५ जना भन्दा बढी भेलामा प्रतिवन्ध लगाएको हो ।
कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै सरकारले अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन पनि आम नेपाली नागरिकहरुलाई आग्रह गरेको छ । यस्तै बैंठकले सिट क्षमता भन्दा बढी यात्रु नबोक्न सार्वजनिक यातायातलाई आग्रह गरेको छ । सरकारले कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । जसमा युरोपका सबै देश समेटिएका छन् । फिल्म हल, जिम र डान्सबार बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।
त्यसैगरी सरकारले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ । चैत ६ गते हुन लागेको एसईई परीक्षा भने हेल्थ डेस्क स्थापना गरेर सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने निर्णय भएको छ ।
![](https://arthasarokar.com/wp-content/uploads/2020/03/89968330_3094035890629289_817578176191397888_n-1.jpg)
![](https://arthasarokar.com/wp-content/uploads/2020/03/89968380_3094035893962622_2813021661245210624_n-1.jpg)