Skip to content
LAXMI SUNRISE BANK

एनएमबी लघुवित्त वित्तीय संस्थाद्वारा चैत्र २६ गते साधारणसभा आह्वान, चैत १० गतेदेखि हुँदैछ बुक क्लोज…!

अर्थ सरोकार

काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा चैत्र २६ गते पोखरास्थित सिटी स्क्वायर पार्टी प्यालेसमा बिहान ११ बजे बोलाएको हो। साधारण सभाका लागि कम्पनीले चैत १० गतेदेखि चैत २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। 
कम्पनीले सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पुँजीको १२ प्रतिशतले हुने आउने ४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ बोनस सेयर र ०.६३ प्रतिशतले हुन आउने २५ लाख ५७ हजार ९९३.४२ रुपैयाँ बराबर नदग लाभांश रहेको छ।
यस्तै संचालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनीहरुको तर्फको अन्य समूहबाट १ जना तथा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना संचालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ।
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK