
काठमाडौँ । सरकारले पूरै देश लकडाउन गरेको अवस्थामा बैंक बन्द हुने कि नहुने भन्ने विषयमा नेपाल राष्ट्र बैंकको आधिकारिक धारणा आएको छ । राष्ट्र बैंकले विभिन्न बैंकहरुलाई यो अवधिमा शाखा नखोल्न तर पैसा जम्मा गर्न चाहने र जम्मा गरेको पैसा निकाल्न चाहनेका लागि भने सम्बन्धित बैंकहरुले आवश्यक व्यवस्था मिलाउनुपर्ने भन्दै निर्देशन दिएको छ।
बुधबारदेखि सीमित काउण्टर सीमित समयका लागि मात्र खुलाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको हो । एउटा निश्चित शाखा खोलेर निश्चित अवधिका लागि पैसा दिने र लिने काम गर्न सक्ने गरी निर्देशन दिइएको छ। राष्ट्र बैंकले बैंकर्स एशोसिएन, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र फाइनान्स कम्पनी एशोसिएसनका अध्यक्षलाई कसरी सेवा सुचारु राख्ने र के गर्ने नगर्ने भन्ने विषय भनिसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्