×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रासका बेला राष्ट्र बैंकको बम्पर उपहार, ‘ऋणको ब्याज र सावाँ असार मसान्तसम्म तिर्दा हुने’ (सर्कुलरसहित)

PRIME CA

कोरोनाको त्रासका बेला राष्ट्र बैंकको बम्पर उपहार, ‘ऋणको ब्याज र सावाँ असार मसान्तसम्म तिर्दा हुने’ (सर्कुलरसहित)

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुलाई बम्पर उपहार दिएको छ।  असार मसान्तसम्ममा ऋणको सावाँ र ब्याज भुक्तान गर्दा हुने गरी आइतबार सर्कुलर जारी गरेर राष्ट्र बैंकले  यस्तो व्यवस्था गरेको हो । त्यसैगरी राष्ट बैंकले चैत मसान्तसम्ममा नवीकरण नभएको कर्जालाई शुक्ष्मी निगरानीमा राख्न नपाइने व्यवस्था गरेको छ ।
‘यस बैंकबाट स्वीकृतिप्राप्त २०७६ पुस वा चैत मसान्तसम्मका लागि व्याज पुँजीकरण गरिएका ऋणीहरुको हकमा ०७७ असार मसान्तसम्मका लागि ब्याज पुँजीकरण गर्न सकिने छ,’ राष्ट्र बैंकद्धारा आइतबार जारी परिपत्रमा उल्लेख छ । त्यस्तै, चैत मसान्तसम्ममा भुक्तानी अवधि तोकिएको सबै प्रकारका चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने परिपत्रमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: