
काठमाडौं । सरकारले संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको संयोजकत्वको क्वारेन्टाइन व्यवस्थापन कार्यदल गठन गरेको छ । आज बसेको सरकारी उच्चस्तरिय समन्वय समितिको बैठकले मन्त्री भट्टराईको संयोजकत्वमा क्वारेन्टाइन कार्यदल गठन गरेको हो ।
कार्यदल गठनपछि मन्त्री भट्टराईले आम नेपालीलाई भन्नुभयो “सचेत बनौं” समस्या ग्रस्त परिस्थिति नआओस तर कुनै समस्या आएमा जनताको जीवन रक्षाको लागि सरकार तयार छ ।’
मन्त्री भट्टराईको कार्यदलले देशमा रहेका होटलहरूलाई पनि आवश्यकताअनुसार क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने गरी काम गर्ने छ । नगरकोटमा रहेका ११ वटा होटलहरू क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने अवस्था रहेका छन। यी ११ वटा होटलमा १ हजार जना राख्न सकिने र अन्य स्वयसेवक सुरक्षा टिम मेडिकल टिम र विशेष विरामीहरुको लागि थप एक एक वटा होटल व्यवस्थान मिलाएको समेत उहाले जानकारी दिनुभयो ।
त्यस्तै भक्तपुर स्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ । पशुपति क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा ७० जनाको लागि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ ।
यसका लागि आजै पर्यटन सचिव, पर्यटन विभागका प्रमुख, पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत, होटल व्यवसयीहरु, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षा नाकायका प्रमुहरूले तथा चाँगुनारायण नगरपालिकाका मेयरसहितको जनप्रतिनिधीहरू सहितको टोलीले नगरकोटका होटलहरुको निरिक्षण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्