काठमाडौं – ७० करोड घुस काण्डमा मुछिएपछि राजिनामा दिन बाध्य भएका पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विष्फोट भएको छ । विस्फोबाट घरको सिसाहरु फुटेका छन् । विस्फोटबाट छिमेकीको घरहरुमा समेत क्षति भएको छ । घटना विहान ७ :५० बजेतिर प्रहरीलाइ सूचना आएको भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानले जानकारी दिए ।
उनको घरको भित्तामा प्रेसर कुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ । विस्फोट स्थलमा यत्तिखेर सर्वसाधरणहरुको भिड लागेको छ भने प्रहरी पनि पुगिसकेको छ । विस्फोट कसले गराएको हो खुलिसकेको छैन । यस विषयमा थप अनुसन्धान भईरहेको छ । यद्यपी बिष्फोट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताले गराएको हुन सक्ने अनुमान गरिएको छ ।