
काठमाडौं । बैंकहरुमा संकलन हुने नोटलाई संक्रमणरहित गरेर मात्रै प्रयोगमा ल्याउने अर्थ मन्त्रालयले निर्देशन दिएको छ । समितिको बैठकले नोटमार्फत कोरोना भाइरसको संक्रमण हुनसक्ने भएकाले संक्रमणरहित बनाएरमात्र प्रयोगमा ल्याउन नेपाल राष्ट्र बैंक र सबै बैंक वित्तीय संस्थालाई आग्रह गर्ने निर्णय गरेको हो ।
त्यस्तै , कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सुचिकृत एवं सिफारिस गरेका मेडिकल सप्लाई र मेडिकल इक्वीपमेन्टहरु आयातमा टीटीको माध्यमबाट आयात गर्दा हाल कायम रहेको विदेशी मुद्राको सीमा लागू नहुने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई अर्थमन्त्रालयले निर्देशन दिएको छ ।
कोरोना सम्वन्धी अन्य अत्यावश्यक स्वास्थ्य सामग्री स्वास्थ्य उपकरण प्रतितपत्रको माध्यमबाट पैठारी राख्नुपर्ने धरौटीको रकमको सम्वन्धमा राष्ट्र बैंकले पुनर्विचार गरी सहजीकरण गर्ने निर्णय गरिएकोे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्