×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरेली जनताहरुलाई हुने भो सहज, अब पोखरामै कोरोना परीक्षण गर्न सकिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

पोखरेली जनताहरुलाई हुने भो सहज, अब पोखरामै कोरोना परीक्षण गर्न सकिने !

चिप्लेढुङ्गा । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पीसीआर मेसिन अन्ततः पोखरा आइपुगेको छ ।बिरामीको स्वाब परीक्षण गर्ने पीसीआर मेसिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेको छ । हेलिकप्टर अवतरण गरेसँगै मेसिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ ।
प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
मेसिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ । अब गण्डकी प्रदेशका सम्भावित कोरोना संक्रमितको परीक्षण पोखरामा नै हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: