×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनवादी विवाह : राजनीतिक पनि… सस्तो पनि

PRIME CA
GLOBAL IME BANK

जनवादी विवाह : राजनीतिक पनि… सस्तो पनि

२६ फाल्गुन २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य प्रदिप घिमिरेले समाज परिवर्तनका लागि आफैंबाट शुरुवात गर्ने भन्दै जनवादी विवाह गरेका छन । उनले विदुर नगरपालिका वडा नम्बर ३ खड्गभन्याङका राजकुमार खड्काकी छोरी सविता खड्कासँग जनवादी विवाह गरेका हुन । नुवाकोटको त्रिशुलीस्थिति रामन्दिरमा आइतबार दिउँसो एक कार्यक्रमको आयोजना गरि वडासदस्य घिमिरेले सामान्य विवाह गरेका हुन ।
मन्दीरमा विवाह गरिएपनि न त पण्डित थिए नत कुनै किसिमको भोज नै आयोजना गरिएको थियो । समारोहमा नुवाकोट जिल्लाका सांसददेखि स्थानीय नेताहरुको बाक्लो उपस्थिति थियो । विवाह कार्यक्रममा बोल्दै नेकपा नुवाकोटका अध्यक्ष एवं बागमति प्रदेससभाका सांसद हिरानाथ खतिवडाले जनविवाहले युवाहरुलाई सकरात्मक सन्देश दिएको बताए ।
उनले मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनका लागि जनप्रतिनिधिले नै यसरी विवाह गर्नु समाजका लागि उदाहरणीय भएको बताए । त्यस्तै बागमति प्रदेशका प्रदेशसभा सदस्य केशव पाण्डेले बजारमुल्य बढेको समयमा यस्तो विवाहले मितव्ययी अपनाउन सहयोग पुगेको उल्लेख गरे । त्यस्तै अनेरास्वीयुका केन्द्रिय सचिव आरसी लामिछानेले हाम्रो संस्कार र संस्कृतिको रक्षा गर्दै गरिएको जनवादी विवाहले सबैमाझ राम्रो सन्देश दिएको प्रतिक्रिया दिए ।
विवाह कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, गिता दाहाल, वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल लगायतले पछिल्लो समय युवाहरुमा बढेको चेतनाको कारण धर्म संस्कृतिको रक्षा गर्दै गरिएको वैवाहिक कार्यक्रमले सकारात्मक सन्देश दिएको बताए । त्यस्तै जनवादी विवाह गरेका प्रदिप घिमिरेले आफुहरु जनप्रतिनिधि समेत रहेकोले समाजलाई सकरात्मक सन्देश दिनुपर्ने भएकोले जनवादी विवाह गरेको बताए । घिमिरेले अहिलेको समयमा समयको अभाव भएकोले छोटो रुपमा वैधिक परम्परा अनुसार विहे गर्नुपर्नै भन्दै सबैले विवाहमा मितव्ययी अपनाउनुपर्ने बताए ।
काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरेले राजनीति शास्त्र र समाजशास्त्रमा पनि स्नातकोत्तर गरेका छन् ।घिमिरे गत स्थानीय तहको निर्वाचनमा विदुर ३ को वडा सदस्य निर्वाचित भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: