×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिबमाथिको क्रुर अन्याय :मागेरै गुजारा चलाउने महिलामाथि प्रहरीद्वारा नै बलात्कार प्रयास ! (भिडियो रिपोर्ट)

PRIME CA

गरिबमाथिको क्रुर अन्याय :मागेरै गुजारा चलाउने महिलामाथि प्रहरीद्वारा नै बलात्कार प्रयास ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार

{"authorname":"default_author","author":"सुनिता बेल्बासे / अर्थ सरोकार डटकम", "thumbnailLabel":"Jyoti Bikas Bank"}
काठमाडौँ । पेट पाल्नसमेत माग्नुपर्ने बाध्यताकी गरिब महिलालाई प्रहरीले नै बलात्कार प्रयास गरे भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो । नागरिकको जीउधनको सुरक्षाका लागि बर्दीसहित रात्री डयुटीमा खटिएका प्रहरी हवल्दारले कपिलवस्तुमा एक बेसहारा गरिब महिलामाथि बलात्कार प्रयास गरेका छन् । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला थाना तुल्सीपुर घरभई हाल कपिलबस्तु जिल्ला शुधोद्धन गाँउपालिका १, लबनीमा बस्दै आएकी एक महिलामाथि बलात्कारको प्रयास भएको हो । 
गरिबीमाथि शोषण गर्ने हवल्दार को हुन् ? 
प्रहरी चौकी लबनीका हवलदार हेतमन्त बहादुर कुमालद्धारा राती १२ बजे सुतिरहेकी महिलामाथि बलात्कारको प्रयास भएको हो । भारतबाट २ महिनाअघि नेपालमा आई मागेर पेट गुजारा चलाउँदै आएकी सुमन पाण्डेय (नाम परिवर्तन)माथि प्रहरीले बलात्कारको प्रयास गरेपछि प्रहरी चौकी लबनीलाई स्थानीयले घेराउ गरेका थिए । स्थानीयले थाहा पाई दोषीमाथि कारवाहीको माग गर्दै प्रहरी चौकी लबनी घेराउ गरेको स्थानीय प्रमोद गुप्ताले बताएका छन् । लबनी गाँउको दक्षिण बगैचामा राती १२ बजेतिर सुमन पाण्डेय सुतिरहेको खाटतिर गई पुगी झुल हटाई हाथ समाती छुन खोज्दा पाण्डेयले हल्ला गरेको सञ्चारकर्मीसमक्ष बताएकी छन् । 
न्यायका लागि आवाज उठाए स्थानीयले 
बगैचामा सुतिरहेका अरुले प्रतिकार गर्दा हवल्दारले कुटपिट समेत गरेको बताईएको छ । दोषीलाई कडा कार्वाहीको माग गर्दै र पिडीतलाई न्यायको लागि स्थानीयले माग गरेका छन । अरोपी हवल्दारमाथि ऐन नियम अनुसार कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शुनिल मल्लले बताए । भारतमा मगन्ते पेशा अपनाउने मानिस ठूलो संख्यामा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: