×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटकीय नगरीमा लापरवाही : भएन हाम्रो पारा फोहोर फालेर, के सन्देश लैजालान् पर्यटकले यस्तो देखेर ? (भिडियो रिपोर्ट)

PRIME CA

पर्यटकीय नगरीमा लापरवाही : भएन हाम्रो पारा फोहोर फालेर, के सन्देश लैजालान् पर्यटकले यस्तो देखेर ? (भिडियो रिपोर्ट)

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

कपिलवस्तु । ‘यहाँ फोहोर फयाक्न निषेध गरिएको छ । फोहर फालेमा कडा कारवाही र जरिवानासहित नगरका सबै सेवा सुविधावाट बञ्चित गरिनेछ ।’ यो बाणगंगा नगरले टाँगेको साइन बोर्ड बाणगंगा नदीको पुलको पूर्वपट्टि खडा छ । तर सोही बोर्डकै सामुन्ने फोहोर फ्याक्दै गरेकी एक महिलाको तस्विर अर्थ सरोकारको क्यामरामा कैद भएको छ । यो त प्रतिनिधि तस्विरमात्र हो । यसरी दिनदिनै आफैंले आफ्नो नदी फोहोर बनाइरहेका केहिलाई नगरपालिकाले कारवाही गर्न नसक्दा यस्तो गलत प्रवृति हावी भएको छ । 
स्वच्छ नगर माथि नै प्रश्न ?
नगरको सौन्दर्यकारण गर्न र सफा स्वच्छ , स्वाथ्य नगर निर्माण गर्न नगरपालीकाले प्रत्येक महिना म सफा गर्छु मेरो नगर , फोहर सुन्य सफा र सुन्दर नगर वाणगगां नगर अभियान सञ्चालन नगरेको पनि होईन । तर नदी किनारमा थुप्रिएका फोहोरका डुगुंरले पुरै नगरको प्रतिनिधित्व गरिरहेको छ । जसकारण पर्यटन प्रवद्धनमा प्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ । पटक पटक फोहर निषेधित क्षेत्रको बोर्ड लगाईए , कडाईका लागि नगरले जनशक्ति समेत खटायो । यति गर्दा पनि फोहरका डुगुंर थुप्रिन भने कमि भएन । यता स्थानीय भने पटक-पटक नगरपालिका संग निवेदन पेश गरे पनि नगरपालिकाले कुनै चासो नदेखाएको आरोप लगाएका थिए ।
नारा फेरिएपनि अवस्था फेरिएन ?
बाणगंगा बोर्डगाउँका स्थानीयका अनुसार नगरले निश्चित एजेन्डा ल्याई स्थान तोक्न जरुरी रहेको छ । यता नगरपालिकाले भने फोहर व्यवस्थापनमा नगर लागि परेको नगर प्रमुख मगंल थारुले बताएका छन् । फोहर सुन्य सफा र सुन्दर नगर ,स्वच्छ र हराभरा वाणगंगा नगर भन्ने कार्यक्रमका नारा एकपछि झन आकर्षक बनेर फेरिएका छन् । तर फोहोर ब्यवस्थापनमा कुनै बदलाब छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: