काठमाडौं । विश्वव्यापी रुपमा फैलिन थालेपछि नेपाल सरकारले नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गरेको छ। सरकारले उक्त आग्रह गर्दै ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको हो ।
सरकारले विदेश भ्रमणको योजना नबनाउन देशबासीलाई अपील गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनकाअनुसार कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै आग्रह गरेको छ ।
यस्तै सरकारले कोरियामा इपीएल प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ ।
यता सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गरेसँगै ट्राभल कम्पनीहरुको व्यापार भने सुक्ने देखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्