×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा प्रहरीको हदैसम्मको दादागिरी, दिनभर ज्यान जोखिममा राखेर जनताको सेवा गर्ने श्रेष्ठमाथि कुटपिट !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धनगढीमा प्रहरीको हदैसम्मको दादागिरी, दिनभर ज्यान जोखिममा राखेर जनताको सेवा गर्ने श्रेष्ठमाथि कुटपिट !

१६ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रहरीले धनगढीमा दादागिरी देखाएको छ । दिनभरी ज्यान हत्केलामा राखेर जनतामाझ सहि र वास्तविक सूचना प्रवाह गर्न दिनरात खटेका धनगढीका पत्रकार सुदर्शन श्रेष्ठमाथि प्रहरीले हातपात गरेर दादागिरी देखाएको हो । 

सुदुरपश्चिममा निकै चर्चित रेडियो कार्यक्रम ‘तातो बहस’का सम्बाददातासमेत रहेका उनलाई कार्यक्रम तयार गरी साँझ करिब ८ बजे कार्यालयबाट घर फर्किने क्रममा प्रहरीले कुटपिट गरेको हो ।

‘घर फर्किने क्रममा शिवनगरमा पुग्दा एक्कासी प्रहरी आयो, मैले आफ्नो प्रेस कार्ड देखाए र आफु कार्यालयबाट घर जान लागेको बताउँदा पनि कुटपिट गरे ।’ उनले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: