×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् कैलाश र प्राइमको एकिकृत कारोबार शुभारम्भ कार्यक्रम, अध्यक्ष भन्छन्, ‘मर्जर प्राथमिकतामा छ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

भिडियोमा हेर्नुहोस् कैलाश र प्राइमको एकिकृत कारोबार शुभारम्भ कार्यक्रम, अध्यक्ष भन्छन्, ‘मर्जर प्राथमिकतामा छ’

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम अयोजना गरी बैंकले एकीकृत कारोबारको औपचारीक घोषणा गरेको हो । गत असार २० गते भएको सम्झौता अनुसार कैलाश विकास बैंकलाई प्राइम कमर्सियल बैंकले १०० बराबर ९४ दरको स्वाप रेसियोमा प्राप्ति गरेको हो । 
प्राइम र कैलाश गाभिएपछि बनेको प्राइम कमर्सियल बैंकको चुक्ता पूँजी करिब १४ अर्ब रुपैयाँ पुगेको छ भने पूँजीकोष करिब १९ अर्ब पुगेको छ । एकीकृत कारोबारको औपचारीक सुरुवात गर्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले आफ्नो पूँजी बढाई अझ विश्वासिलो र भरपर्दो सेवा प्रदान गर्नका लागि मर्जरलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । उनले कैलाश विकास बैंकलाई प्राप्ति गरेपछि बैंकको पोर्टफोलियो १ खर्ब ३० अर्ब भन्दा बढी पुगेको बताए । मर्जपछि बैंकको शाखा १ सय ९९ पुगेको छ । त्यस्तै बैंकको निक्षेप १ खर्ब २८ अर्ब र कर्जा लगानी १ खर्ब १५ अर्ब पुगेको छ । कार्यक्रममा भीआइपी कोहि पनि देखिएनन् । हेर्नुहोस् कार्यक्रमका झलकहरु :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: