काठमाडौं – प्राइम कमर्सियल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले उक्त सेयर निष्काशन गर्न रेटिङ गराएको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने “केयर एनपी ए माइनस” प्रदान गरेको छ ।
बैंकले ८ बर्ष अवधिको लागि प्रति कित्ता १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । जारी गर्ने ऋणपत्रमध्ये २१ लाख कित्ता व्यक्तिगत र बाँकी १४ लाख (सामूहिक लगानी कोष समेतको) कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ । यो ऋणपत्रमा वार्षिक १०.५% ब्याजदर पाइने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ रहेको छ ।