काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सले आइतबार (फागुन १८ गते)बाट ६०% हकप्रद सेयर बिक्री खुल्ला गरेको छ। कम्पनीले १०० रुपैयाँ दरको १०ः६ अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको हो ।
प्रुडेन्सियलले जारी गरेको यो हकप्रदमा लगानीकर्ताले चैत २३ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि माघ २७ बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २६ गतेसम्म कायम सेयरधनीले हकप्रद भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसद भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ प्रदान गरेको छ । प्रुडेन्सियलको उक्त हकप्रद बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । साथै एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकका देशभरका अधिकांश शाखाबाट आवेदन दिन पाइनेछ भने गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाट पनि आवेदन दिन पाइनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ ।