×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आफ्ना नागरिकलाई लैजान आमेरिकाले कतार एयरवेजको जहाज पठाउँदै, मंगलबार नेपाल आउने !

काठमाडौं । आफ्ना नागरिकलाई लैजान अमेरिकाले जहाज नेपाल पठाउने भएको छ । अमेरिकी सरकारले मंगलबार कतार एयरवेजको जहाज चार्टर्ड गर्ने भएको हो । अमेरिकी दूतावासका अनुसार उक्त जहाज काठमाडौंबाट दोहा हुँदै वासिंटन डिसीस्थित डल्लास एयरपोर्ट पुग्नेछ । विभिन्न भागमा रहेका अमेरिकी नागरिकलाई आज सोमबार काठमाडौं ल्याइदैछ ।
कोरोना भाइरस (कोभिड-१९) विश्वव्यापी रुपमा फैलिएपछि नेपालले १ हप्ता अघि देश लकडाउन गरेको थियो । जससँगै विभिन्न मुलुकका पर्यटकहरु नेपाल विभिन्न क्षेत्रमानै बसेका थिए । अमेरिकाले आफ्ना नागरिकलाई फिर्ता लैजाने जानकारी गराएसँगै नेपाल पर्यटन बोर्डले अमेरिकी नागरिकलाई काठमाडौं ल्याउन सहजीकरण गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: